Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

जेनजी आन्दोलनपछि कुन–कुन गीतहरुले पाए महत्वपूर्ण स्थान ?

News and Updates
1 घण्टा अघि

काठमाडौं । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा खिचिएका भिडियोहरुमा अधिकांश राष्ट्रिय गीतहरुले महत्वपूर्ण स्थान पाएका छन् ।

सामाजिक सञ्जालहरुमा विशेषगरी काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र गायक सुजन चापागाईँले गाएको गीतहरुले बढि स्थान पाएका छन् । जसमा टिकटकमा, बालेन शाहले गाएको गीत ‘म नेपाल हाँसेको हेर्न चाहान्छु’बोलको गीत र गायक ‘सुजन चापागाईँको ‘आँशुको भारी’ बोलको गीत अत्याधिक रुचाइएको छ ।

जेनजी आन्दोलनमा देखिएका भावुक भिडियोहरुमा ‘आँशुको भारी’ र जोशिला भिडियोहरुमा ‘म नेपाल हाँसेको हेर्न चाहान्छु’ गीत प्रयोग भएका छन् ।

केही समय अघि युट्युवमा दुर्गेस थापाका गीतहरुले राम्रो भ्युजहरु कमाइरहेका थिए भने एक्कासि जेनजी आन्दोलन हुँदा पुराना देशभक्ति गीतहरुले स्थान पाइरहेका छन् ।

किन अत्याधिक प्रयोग भयो ‘नेपाल हाँसेको’गीत ?

‘नेपाल हाँसेको ’बोलको गीत नेपाली चलचित्र लाज शरणमको प्रोमोशन गीत हो । जसमा मेयर साहले आफ्नो स्वर दिएका छन् ,त्यसकारणले पनि यो गीतले अत्याधिक चर्चा बटुलिसकेको छ ।

जेनजीहरुको आन्दोलनको मुख्य एजेण्डा भनेको नै भ्रष्टाचार हटाउनु हो । यस गीतमा पनि देशमा भएको भ्रष्टाचार र वेथितिको वर्तमान अवस्था को चित्रण गर्नुकासाथै त्यसको विरुद्धमा आवाज उठाइएको छ । त्यसकारण पनि टिकटकमा राखिएका आन्दोलनको अधिकांश भिडियोहरुमा यो गीतको प्रयोग गरिएको छ ।

त्यस्तै अन्य राष्ट्रिय गीतहरु नेपाली हामी रहैला कहाँ नेपालै नरहे, मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउन, यो देश मेरो पनि होइन र’ ,यो नेपाली शिर उठाई, ‘रातो र चन्द्र चूर्य’ देशले रगत मागे,ज्यान हाजिर छ, जाग लम्क चम्क हे नौजवान हो, गाउँगाउँबाट उठ बस्ती बस्तीबाट उठ देशको लागि लगायतका राष्ट्रिय गीतहरुले पनि महत्वपूर्ण स्थान पाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया