८ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाज

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

रामेछाप । दोलखाको विगु गाउँपालिकामा आज(मंगलबार) बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा विगु गाउँपालिका–६ आलम्पुका करिब ५५ वर्षीय मकर थामीको घटनास्थलमै मृत्यु भएको दोलखा प्रहरीले जानकारी दिएको छ ।

सोही ट्याक्टरमा सवार आलम्पुका ३५ वर्षीय कुबेर थामी, ५७ वर्षीय पलबहादुर थामी र १५ वर्षीय आशिष थामी घाइते भएका छन् ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सिंगटीतर्फ पठाइएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए ।

प्रदेश १–०१००१ त ८८७२ नम्बरको ट्याक्टर बिहान करिब ११ बजे आलम्पुस्थित ढुंगाखानीतर्फ जाँदै गर्दा कच्ची सडकमा अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याक्टरमा सो समयमा चार जना सवार थिए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व