रातो कागज
2 घण्टा अघि

काठमाडौं। काभा महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ।
नेपालमा हुने भनिएको भलिबल लिग सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को बोर्ड अफ एड्मिनिस्ट्रेशनको भर्चुअल बैठकले स्थगित गर्ने निर्णय गरेको हो।
आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा खेल हुने तय थियो।
तर सेप्टेम्बर ८ र ९ मा भएको जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित गर्ने निर्णय गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया