८ पुष २०८२, मंगलवार
गण्डकी मुख्‍य समाचार विशेष समाचार समाज

हिंसामा महिला

गलकोट बागलुङ २६ भदौः केहि समय पहिले अत्यधिक ज्वरो आयो भनेर उपचारका लागि अस्पताल आउनुभएकी एक १३ वर्षीया बालिकाले असुरक्षित गर्भपतन गरेको पाइयो । यो कुरा परिवारलाई जानकारी नै थिएन । धौलागिरी प्रादेशिक अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट अमिट ढुङ्गाना भन्छन्, उनले आफ्ना प्रेमीसँग मिलेर असुरक्षित गर्भपतन गराएकी रहिछन् । लामो समयको मनोपरामर्शपछि स्वास्थ्यकर्मीलाई बताउँदा स्वास्थ्यमा गम्भीर समस्या भइसकेको थियो ।

अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले यस्तै समस्या लिएर आउनेहरूलाई मनोपरामर्श, उपचार र पुनस्थापनाको काम गर्दै आएको छ । पेट दुख्यो, ज्वरो आयो भन्दै अस्पताल आउनेहरूको उपचारका क्रममा श्रीमान्, घरपरिवार र प्रेमीबाट हिंसामा परेको खुल्ने गरेको डा ढुङ्गानाको भनाइ छ । यसरी हिंसामा पर्नेमा अधिकांश दलित समुदायका महिला छन् ।

अस्पतालले आर्थिक वर्ष २०७९र२०८०मा एक सय छ जना हिंसापीडित महिलाको उपचार गरेको छ । जसमध्ये २८ जना बलात्कारमा परेका थिए भने १० जना शारीरिक र ४० जना मानसिक रूपमा समस्यामा रहेको तथ्याङ्क छ । यस्तै, आव २०८०र२०८१ मा पनि एक सय छ जना हिंसापीडित महिला उपचारका लागि आएका थिए । तीमध्ये ११ जना बलात्कार, १८ जना शारीरिक र ५५ जना मानसिक स्वास्थ्यसम्बन्धी उपचारका लागि आएका थिए ।

यसैगरी, आव ०८१र०८२ मा उपचारमा आएका ७६ जना महिलामध्ये १९ जना बलात्कार, ३४ शारीरिक र १५ जना मानसिक समस्या भोगेकाहरू थिए । महिला मात्र होइन, उपचार गर्न आउनेमा हिंसामा परेका पुरुष पनि छन् । आव २०७९र२०८० मा १६, २०८०र२०८१ मा १६ र २०८१र२०८२ मा १२ जना हिंसापीडित पुरुषको उपचार गरिएको तथ्याङ्क छ । उमेर समूह अनुसार सबैभन्दा बढी हिंसामा पर्ने १९ देखि ४९ वर्षका रहेका सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख परामर्शदाता देवी भट्टराईले जानकारी दिए ।

सङ्कट व्यवस्थापन केन्द्रबाट लैङ्गिक हिंसापीडित र प्रभावितका लागि निशुल्क स्वास्थ्य उपचार र परामर्श सेवा प्रदान हुँदै आएको भन्दै उनले यसबारे जानकारी नहुँदा धेरै पीडित नागरिक सेवाबाट वञ्चित रहेको बताए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व