७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मन लागेन भन्दै कृषिमन्त्रीले दिए राजीनामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

जेनजी पुस्ताले सोमबार गरेका प्रदर्शनमा भएको विरोधमा भएको दमनप्रति आक्रोश व्यक्त गर्दै राजीनामा दिएका हुन् ।

उनले देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन आफ्नो नैतिकताले नदिएको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले लेखेका छन्, ‘यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन । स–साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।’

लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्दा दमन, हत्या भएको उनले लेखेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।