२९ माघ २०८२, बिहीबार
खेलकुद गण्डकी मुख्‍य समाचार समाचार

एभरेष्ट महिला भलिबल लिगः ललितपुर र कर्णालीको तेस्रो जित

कास्की, २४ भदौः पोखरामा सञ्चालन भइरहेको एभरेष्ट महिला भलिबल लिग इडब्लुभी मा ललितपुर क्विन्स र कर्णाली यसविसले लगातार तेस्रो जित दर्ता गरेका छन् ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार सम्पन्न खेलमा लुम्बिनी लाभाजलाई ३–० को सोझो सेटमा पराजित गर्दै ललितपुरले लगातार तेस्रो जित दर्ता गरेको हो ।

ललितपुरले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । लगातार तेस्रो जितसँगै ललितपुर नौ अङ्कसहित फाइनल नजिक पुगेको छ ।

यसैगरी, प्रतियोगितामा लगातार तेस्रो जित निकालेको कर्णाली यसविस पनि फाइनल नजिक पुगेको छ । कर्णालीले काठमाडौँ स्पाइकर्सलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । कर्णालीले पहिलो सेट २५–२२, दोस्रो सेट २९–२७ तथा तेस्रो सेट २८–२६ ले जित्दै आफ्नो अपराजित यात्रालाई कामय गर्न सफल भयो ।

यसैगरी, तीन खेलबाट दुई अङ्क जोडेको लुम्बिनी र एक अङ्क जोडेको पोखरा निञ्जाज दुई खेलअघि फाइनल होडबाट बाहिरिएका छन् । तीन अङ्क जोडेका मधेस युनाइटेड र काठमाडौँ स्पाइकर्सको फाइनल खेल्ने गणितीय सम्भावना मात्र बाँकी छ । दुवै टोलीले दुई÷दुई खेल खेल्न बाँकी छ ।

यही भदौ २८ गतेसम्म सञ्चालन हुने लिगअन्तर्गत मङ्गलबार दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली र मधेसबीच दिउँसो २ बजे सुरु हुनेछ । त्यसपछि ललितपुर र पोखराबीचको खेल सञ्चालन हुने आयोजक इन्फिनिटी ड्रिम्स प्रालीले जनाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected