Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

एभरेष्ट महिला भलिबल लिगः ललितपुर र कर्णालीको तेस्रो जित

रातो कागज
6 घण्टा अघि

कास्की, २४ भदौः पोखरामा सञ्चालन भइरहेको एभरेष्ट महिला भलिबल लिग इडब्लुभी मा ललितपुर क्विन्स र कर्णाली यसविसले लगातार तेस्रो जित दर्ता गरेका छन् ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार सम्पन्न खेलमा लुम्बिनी लाभाजलाई ३–० को सोझो सेटमा पराजित गर्दै ललितपुरले लगातार तेस्रो जित दर्ता गरेको हो ।

ललितपुरले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । लगातार तेस्रो जितसँगै ललितपुर नौ अङ्कसहित फाइनल नजिक पुगेको छ ।

यसैगरी, प्रतियोगितामा लगातार तेस्रो जित निकालेको कर्णाली यसविस पनि फाइनल नजिक पुगेको छ । कर्णालीले काठमाडौँ स्पाइकर्सलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । कर्णालीले पहिलो सेट २५–२२, दोस्रो सेट २९–२७ तथा तेस्रो सेट २८–२६ ले जित्दै आफ्नो अपराजित यात्रालाई कामय गर्न सफल भयो ।

यसैगरी, तीन खेलबाट दुई अङ्क जोडेको लुम्बिनी र एक अङ्क जोडेको पोखरा निञ्जाज दुई खेलअघि फाइनल होडबाट बाहिरिएका छन् । तीन अङ्क जोडेका मधेस युनाइटेड र काठमाडौँ स्पाइकर्सको फाइनल खेल्ने गणितीय सम्भावना मात्र बाँकी छ । दुवै टोलीले दुई÷दुई खेल खेल्न बाँकी छ ।

यही भदौ २८ गतेसम्म सञ्चालन हुने लिगअन्तर्गत मङ्गलबार दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली र मधेसबीच दिउँसो २ बजे सुरु हुनेछ । त्यसपछि ललितपुर र पोखराबीचको खेल सञ्चालन हुने आयोजक इन्फिनिटी ड्रिम्स प्रालीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया