रातो कागज
7 घण्टा अघि

काठमाडौं । नेपाल र बंगलादेशबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञप्ति जारी गर्दै भोलि हुने भनिएको खेल स्थगित भएको जानकारी दिएको हो ।
जेनजीको प्रदर्शनका कारण देशमा भएको हालको अवस्थालाई मध्यनजर गर्दै खेल स्थगित गरिएको एन्फाले जनाएको छ ।
जेन–जीको प्रदर्शनका कारण आज देशभर १९ जनाको मृत्यु भएको छ भने चार सय २२ जना घाईते भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया