८ पुष २०८२, मंगलवार
कोशी मुख्‍य समाचार विशेष समाचार

जेनजीको आन्दोलनले हिंसात्मक बन्यो कोशी प्रदेश

कोशी । सोमबार जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कोशी प्रदेशका विभिन्न स्थानहरू अशान्त बनेका छन् ।

प्रदर्शन अराजक बन्दा प्रहरीले ठाउँ ठाउँका गोली समेत चलाएको अवस्था रहेको छ । सुनसरीको इटहरीमा २ जनाको ज्यान नै गएको छ ।

प्रर्दशनकारीहरुले इटहरी उपमहानगरपालिका भवनमा आगजनी गरेका थिए । जस क्रममा प्रहरीले गोली चलाएको हो । सुनसरी जिल्ला प्रशासन कार्यालय इटहरीमा कफ्र्यु आदेश जारी गरिसकेको छ ।

यस्तै प्रधानमन्त्री केपी सर्मा ओलीको गृह नगर झापाको दमकका साथै बिर्तामोडमा समेत प्रहरीले गोली चलाएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरको पदेश सभा भवन अगाडिका साथै सुनसरीको सदरमुकाम इनरुवा समेत आन्दोलनकारीहरू सडकमा आएका थिए ।

प्रदेश सभा भवन अगाडि निषेधित क्षेत्र हो । तर प्रदर्शनकारीले कुनै प्रवाह नगरी आन्दोलन गरेका हुन् ।

पहाडी जिल्ला इलाम, खोटाङ सहितका जिल्लामा समेत जेनजी पुस्ता आन्दोलनमा उत्रिएका थिए । प्रदर्शनका क्रमका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति बढी आक्रोशित देखिएको छ । प्रदर्शन जारी रहेको छ ।

थप समाचारहरु

कोशी समाचार समाज

धरानमा गोली हानी युवकको हत्या, रकम र मोबाइल पनि लुटियो

५ साउन, विराटनगर । सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका -५
कोशी प्रदेस समाचार समाज

कोशीका सवा २ लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, ५ हजार मरे

६ साउन, झापा । कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’