८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

राप्रपा मकवानपुर क्षेत्र नं. १ को अध्यक्ष पदका लागि उमेश थापाको दावेदार

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को भदौ २१ गते हुने क्षेत्रीय अधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्व चयनको प्रक्रिया प्रारम्भिक चरणमै चासोको विषय बनेको छ । अधिवेशनमा अध्यक्ष पदका लागि हेटौंडा–४ निवासी उमेश थापा दावेदारका रूपमा अघि आएका छन् ।

विगत दुई दशकदेखि पार्टी राजनीतिमा सक्रिय थापा हाल बागमती प्रदेश सभामुखको स्वकीय सचिवका रूपमा कार्यरत छन् । उनले सामाजिक क्षेत्रमा समेत गतिविधि गर्दै आएका छन् । खेलकुद प्रवद्र्धन, विपन्न समुदायलाई सहयोग र संघ–संस्थामा संलग्नता थापाको पृष्ठभूमिमा रहेको छ ।

२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका थापा परिचित राजनीतिक तथा सामाजिक व्यक्तित्वका रूपमा चिनिन्छन् । उनले युवालाई संगठनमा समेटेर राप्रपालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

स्थानीय राजनीतिक वृत्तमा थापाको दाबीबारे चर्चा सुरु भएको छ । अधिवेशनपछि पार्टीभित्र नेतृत्वको स्वरूपबारे स्पष्ट हुने अपेक्षा गरिएको छ ।

यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट राप्रपाका दिपक बहादुर सिंह विजयी भएका थिए । आगामी २०८४ को निर्वाचनमा उमेदवार छनोट प्रक्रियामा समेत थापाको नाम चर्चामा आउन सक्ने अनुमान गरिएको छ ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।