५ माघ २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार लुम्बिनी समाचार

एएफसी यू –२३ एसियन कप छनोट आजदेखि सुरु, नेपाल ताजाकिस्तानसँग खेल्दै

काठमाडौं । एएफसी यू –२३ एसियन कप छनोट आजदेखि सुरु भएको छ । बुधबार ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा नेपालले घरेलु टिम ताजाकिस्तानसँग पहिलो खेल खेल्दैछ ।

नेपाल र ताजकिस्तान बीचको खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजे सुरु हुनेछ । समूह ‘के’ मा रहेको नेपालले ताजिकिस्तान, फिलिपिन्स र सिरियासँग खेल्नेछ । सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ ।

टोलीका प्रमुख प्रशिक्षक नवीन न्यौपाने हुन् भने टोलीमा गोलकिपर क्रिसल मोक्तान, अमित टमाटा, विशाल केसी रहेका छन् ।  डिफेन्डरमा विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सीमान्त थापा छन् ।

मिडफिल्डरमा आयुष घलान(कप्तान), अभिषेक स्यान्तान,एरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिस रत्न छुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ रहेका छन् । फर्वाड निराजन धामी र रोहन खड्की हुन् । एसटीएमको कप्तानी राष्ट्रिय टिमका सबै सदस्य रहिसकेका आयुष घलानले गर्नेछन् ।

 

 

 

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected