Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गायत्री महायज्ञको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न आवश्यक छ : अध्यक्ष ढकाल

रातो कागज
6 घण्टा अघि

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकालले धार्मिक कार्यक्रमले विकृति, विसङ्गती हटाएर सुसंस्कृत समाजको निर्माणका लागि प्रेरणा दिने बताएका छन् ।
बानेश्वरमा जारी गायत्री महायज्ञमा बोल्दै उनले यस्ता धार्मिक कार्यक्रमले समाजको उन्नती, प्रगती र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राखे ।
उनले भने,‘यस्ता धार्मिक कार्यक्रमले समाज र राष्ट्रको उन्नती–प्रगती साथै भविष्यमा नेपालको उन्नतीको लागि धार्मिक क्रियाकलापले महत्वपूर्ण योगदान पुर्याउँछ । समाजमा भएको विकृति, विसङ्गती हटाइ सुसंस्कृत समाजको निर्माण गर्न यस्ता कार्यक्रमहरुले प्रेरणा दिन्छ ।’
त्यस्तै उनले गायत्री महायज्ञ नेपालमा पहिलो पटक आयोजना भएको बताउँदै अन्तर्राष्ट्रिय रुपमा यसको प्रचार–प्रसार गर्न आवश्यक रहेको बताए ।
उनले भविष्यका कर्णधार आजका बालबालिका भएको बताउँदै यस्ता महायज्ञमा विद्यार्थीलाई उपस्थित गराउँदा आदर्श समाज निर्माणमा सहयोग पुग्ने धारणा राखे ।
उनले भने,‘यस्तो महायज्ञ नेपालमा नै पहिलो पटक हो । अन्तर्राष्ट्रिय रुपमा यसको प्रचार प्रसार गरी यसको महत्वको बारे सबै नागरिकहरुलाई जानकारी गराउनुपर्छ । गायन्त्री मन्त्रको महत्व धेरै नै छ । भूतप्रेत लागेको खण्डमा पनि गायन्त्री मन्त्र पढेर ध्यान जप गरेर पनि त्यस्ता गलत कामहरु विसङ्गतीहरु हटेर गएका पनि छन् । भाइबहिनीहरु भविष्यका कर्णधार हुन् । सुसंस्कृत र आदर्श समाज बनाउने जिम्मा अब विद्यार्थी भाइबहिनीहरुलाई छ । यस्ता क्रियाकलापहरुले पनि प्रेरणा दिन्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया