८ माघ २०८२, बिहीबार
खेलकुद बागमती मुख्‍य समाचार

एस आईबीएस बास्केटबल आजदेखि

काठमाडौं । एस इन्टरनेसनल बिजनस स्कुल (एस आईबीएस) को आयोजनामा एस आईबीएस थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आजदेखि हुने भएको छ ।

प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ टिमको सहभागिता रहने आयोजकका बीबीए प्रोग्राम म्यानेजर कौशलराज पौडेलले जनाएका छन् । ब्वाइजलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

ब्वाइजतर्फ विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गल्र्समा पहिलो हुनेलाई १५ हजार तथा दोश्रोलाई ८ हजार नगदबाट पुरस्कृत गरिने छ ।

पौडेलले प्रतियोगिताको उद्देश्य युवामाझ बास्केटबललाई प्रवद्र्धन गर्नु र खेलाडीहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने प्लेटफर्म प्रदान गर्नु रहेको बताए ।

नेपाल बास्केटबल संघको सहकार्यमा हुने दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected