३ फाल्गुन २०८२, आईतवार
मनोरन्जन समाचार

करम पूजा पर्वमा सार्वजनिक बिदा दिएपछि मुख्यमन्त्री कार्कीलाई सम्मान

विराटनगर । करम पूजा पर्वमा सार्वजनिक बिदा दिने निर्णयले झाँगड उराँव समुदाय खुशी बनेको छ । सोही खुशी स्वरूप नेपाल झाँगड उराँव युवा मोर्चाले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई सम्मान गरेको हो ।

गत वर्षदेखि कोशी प्रदेश सरकारले झाँगड उराँव समुदायले मनाउने करम पूजा पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यस कदमले समुदायको भाषा, संस्कृति र परम्परागत पहिचानलाई सम्मान गरेको भन्दै समुदायका अगुवा छेबीलाल उराँवले धन्यवाद व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा युवा मोर्चाका अध्यक्ष देवनारायण उराँवसहित अन्य प्रतिनिधिहरूले मुख्यमन्त्री कार्कीलाई सम्मानपत्र हस्तान्तरण गरे।

सम्मान ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले झाँगड उराँव समुदाय लोपोन्मुख अवस्थामा रहेको उल्लेख गर्दै यसको संरक्षण, संवद्र्धन र पहिचानको रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

करम पूजा पर्व हरेक वर्ष भाद्र महिनाको अनन्त चतुर्दशी तथा पूर्णिमाका दिन मनाइन्छ । २०७८ सालको जनगणना अनुसार नेपालमा करिब ४१ हजार झाँगड उराँव समुदायका मानिसहरू रहेका छन्, जसको प्रमुख बसोबास मोरङ, सुनसरी र झापा जिल्लामा छ ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,