७ पुष २०८२, सोमबार
प्रवास समाचार

एनआरएनए अक्टोबरको महाधिवेशन असफल हुन्छ : महेश श्रेष्ठ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेश श्रेष्ठले बद्री केसी पक्षले अक्टोबरमा गर्ने भनेको महाधिवेशन असफल हुने दाबी गरेका छन् ।

सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशनबाट आफू अध्यक्षमा सर्वसम्मतीबाट निर्वाचित भइसकेकाले फेरि अर्को महाधिवेशन असम्भव भएको उनको भनाइ छ ।

शुक्रबार राजधानीमा भएको विशेष समारोहमा अध्यक्ष श्रेष्ठले अक्टोबरको महाधिवेशन सम्भव नरहेको र रोकिने स्पष्ट पारे । उनले आधिकारिक एनआरएनए आफूहरु नै भएको भन्दै छिट्टै कार्यालयबाटै काम गर्ने समेत दाबी गरे ।

श्रेष्ठले विगतका चुनौती र विवादहरूको स्मरण गर्दै सबैलाई एकता प्रक्रियामा आउन आह्वान गरे । उनले भने, ‘हामीले कतिपय कठिनाइको बीचमा काम गरेका छौँ। तर, पारदर्शिता र निष्पक्षताको सिद्धान्तलाई कहिल्यै छोडेनौँ। अबको हाम्रो प्राथमिकता प्रवासी नेपालीको अधिकार, हित र परिचयलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने हुनेछ ।’

शुक्रबार नै श्रेष्ठ नेतृत्वको समितिलाई सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशन गराएका शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले ८३ लाख रुपैयाँभन्दा बढी नगद तथा जिन्सी सम्पत्ति हस्तान्तरण गरेको छ ।

 

 

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected