२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति

सत्सङ्गले समाजको विकृति विसङ्गती हटाउन मद्दत गर्छ

काठमाडौँ, १२ भदौः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा विकृति विसङ्गती हटाएर सद्भाव सिर्जना गर्न सत्सङ्गले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखेका छन् ।

काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वरस्थित कवीर सत्सङ्ग आश्रम ट्रष्ट नेपालको नवनिर्मित भवन उद्घाटनपछि मन्त्री सिंहले अहिलेको अवस्थामा समाजमा सहकार्य र सद्भाव जरुरी रहेको बताउँदै सत्सङ्गले मानिसलाई सकारात्मक काममा केन्द्रित गराउने विश्वास व्यक्त गरे। उनले सत्सङ्ग र सन्तलाई बस्ने, खाने, ध्यान गर्ने केन्द्रको सुविधाका लागि सबैले आफूले सक्ने सहयोग गर्नुपर्ने धारणा राखे । भवन निर्माणप्रति आफू पनि सकारात्मक रहेको उनको भनाइ छ ।

बागमती प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले जीवनलाई सहिदिशातर्फ डोर्याउन सत्सङ्ग अत्यन्त जरुरी रहेको अनुवभ सुनाए । काठमाडाँै महानगरपालिका–१० मा रहेको कवीर सत्सङ्ग आश्रममा आपूm सानैदेखि ध्यानकर्म गर्दै र कविरका सत्यवचन सुन्दै आएको बताउदै सांसद श्रेष्ठले सन्तको व्यवस्थापनमा भवन बनेकोमा खुसी व्यक्त गरे ।

काठमाडौँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले टोल र समाजमा सद्विचारको प्रवाह गर्न आश्रम प्रभावकारीस्थल रहेको बताए । आश्रमका प्रमुख आर्दश दासले विसं २०५३ मा कवीर सत्सङ्ग आश्रम ट्रष्ट नेपालको स्थापना भएको बताउँदै भवन निर्माण भएपछि देशविदेशबाट आउने सन्तगुरु र भक्तजनलाई ध्यान, भजन, अध्ययन र विश्राम गर्न सहज भएको बताए । उनले भने, सत्सङ्ग जहाँ छन्, त्यहाँ शुभ हुन्छ । सोही विश्वासअनुसार सबै सत्सङ्गमा लाग्नुपर्छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।