७ माघ २०८२, बुधबार
बागमती मनोरन्जन मुख्‍य समाचार

जलविनायकमा गणेश चतुर्थी मेला

काठमाडौँ, ११ भदौः काठमाडौँ उपत्यकामा विशेष महत्वका साथ पूजार्चना गरिने चार विनायकमध्येका एक चोभार जलविनायकमा आज गणेश चतुर्थीको मेला लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो स्थानमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन आएका छन् ।

विघ्नबाधा हटाउने भगवान् गणेशको जन्मदिनका रूपमा आज भक्तजनले तलाउ, कुण्डमा स्नान गरी गणेशको दर्शन गरेर व्रत बस्ने प्रचलन छ । हिन्दू धर्मावलम्बीले गणेश चतुर्थीलाई गणेश चौँथी पनि भन्ने गरेका छन् । गणेश चतुर्थीका दिन गणेशको व्रत, पूजाआराधना तथा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने तथा सुखशान्ति हुने जनविश्वास छ । आजै गणेशको रथयात्रा पनि हुने मेला व्यवस्थापन समितिले जनाएको छ ।

 

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,