News and Updates
2 घण्टा अघि

काठमाडौं । नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) सँगको दोस्रो अभ्यास टी–२० खेल पनि जितेको छ । नेपालले एसीटीलाई ६ विकेटले हराएको हो ।
एसीटीले दिएको ९७ रनको लक्ष्य नेपालले १३–२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपलका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक अविजित ४२ रन बनाए भने गुल्शन झाले २३ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एसीटी १७.२ ओभरमा ९६ रनमा अलआउट भएको थियो ।
बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी र शाहब आलमले ४–४ विकेट र रोहित पौडेल र गुल्शन झाले १–१ विकेट लिएका थिए । त्यस्तै, यसअघि केहीबेर अघि भएको पहिलो अभ्यास खेलमा नेपालले ४१ रनले विजयी भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया