२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति

कृषि र शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा

काठमाडौँ, ६ भदौः प्रतिनिधिसभाको आजको बैठकमा दुईवटा समितिका प्रतिवेदन पेस गरिएका छन् ।

सभामा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गरेका छन् । यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरेका हुन् ।

दुवै प्रतिवेदन सम्बन्धित समितिले बिहीबार पारित गरेका थिए । बहुप्रतिक्षित शिक्षा विधेयकमा समितिले ६० अङ्क शिक्षक आफैँले दिन सक्नेगरी व्यवस्था गरिएको छ । विद्यालयका कर्मचारीको तलब सम्बन्धित स्थानीय तहले बनाएको कानुन अनुसार हुनेगरी निर्धारण गरिएको छ । यस्तो तलब सङ्घीय कानुनले तोकेको न्यूनतम् पारिश्रमिक भन्दा कम नहुने व्यवस्था मिलाइएको पनि सभापति थापाले जानकारी दिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।