२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति

दक्ष जनशक्तिबिना विकास सम्भव छैनः मन्त्री खड्का

खाँदबारी सङ्खुवासभा, ६ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिको आधार दक्ष जनशक्ति भएको बताएका छन् ।

सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित ‘२० दिने पावर हाउस अपरेसन एन्ड मेन्टेनेन्स तालिम’को समापन कार्यक्रममा मन्त्री खड्काले परम्परागत शिक्षाले मात्र नपुग्ने उल्लेख गर्दै उनले प्राविधिक सीप र व्यावहारिक ज्ञानबिना श्रम बजारमा प्रतिस्पर्धा सम्भव नभएको बताए ।

सङ्खुवासभाको भौगोलिक र पर्यटनको सम्भावनाबारे उल्लेख गर्दै मन्त्री खड्काले त्रिदेशीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाले अर्बौँ रुपैयाँ राजस्व दिन सक्ने पर्यटन सम्भावना बोकेको बताए । उनले यसलाई सही ढङ्गले उपयोग गर्नुपर्नेमा जोड दिए। निकट भविष्यमै सङ्खुवासभामा सिटिइभिटी कार्यालय र आयुर्वेद अस्पताल स्थापना हुन लागेको उनले जानकारी दिए ।

कार्यक्रममा सिटिइभिटीका सदस्य–सचिव महेश भट्टराईले ऊर्जा मन्त्रालयको पहलमा तालिम सञ्चालन गर्न पाएकामा खुसी व्यक्त गर्दै तालिम लिएका युवालाई जलविद्युत् आयोजनामा इन्टर्नसिपको अवसर दिलाइदिन आग्रह गरे ।

त्यसैगरी, खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले आत्मनिर्भर जिल्ला बनाउन नियमित रूपमा यस्ता सीपमूलक तालिम आवश्यक रहेको बताए । तालिममा सहभागी युवाले प्राप्त ज्ञानले आफूहरूलाई रोजगारी र उद्यमशीलतामा अघि बढ्न प्रेरणा मिलेको अनुभव सुनाए ।

उक्त तालिम दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको सहयोगमा बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीले सञ्चालन गरेको हो ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।