२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति

‘प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाइयोस्’

काठमाडौँ, ६ भदौः सङ्ख्याका आधारमा प्रतिपक्षी दललाई विश्वासमा नलिई संसद् चलाउन नहुनेमा सांसदहरुले जोड दिएका छन् ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसदहरुले उठेर विरोध जनाए । सभामुख घिमिरेले रास्वपाका सांसद निशा डाँगीलाई बोल्न समय दिए । सांसाद डाँगीले संसद् बहिष्कार विरोधको स्वरुप भएको उल्लेख गर्दै यो विगतमा अहिलेका सत्तारूढ दलहरुले पनि गरेको स्मरण गराए ।

संसद्को विरोध लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध भनी चित्रण गरेकामा उनले आपत्ति जनाए । सत्तापक्षलाई खबरदारी गर्न रास्वपाले निरन्तर आन्दोलन गरिरहेको सांसद डाँगीको भनाइ थियो । संसद् सङ्ख्याका आधारमा नभई प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढाउनुपर्ने उनले बताए ।

रास्वपाले दुई महिनादेखि निरन्तर आन्दोलन गरिरहेको र परिणाम शून्य भए पनि यसलाई निरन्तरता दिने सांसद डाँगीको भनाइ थियो । जनताको समस्या समाधान गर्न सरकार सुस्त भएको, पक्षपातको मापदण्ड बनाएर उपसभामुखलाई निकाल्न खोजेको, संवैधानिक परिषद् लामो समयदेखि नबसी संवैधानिक निकायलाई रिक्त राखिएको सांसद डाँगीको आरोप थियो ।

सांसद अनिषा नेपालीले भारत र चीनबीच सम्झौता गरी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भएर व्यापारिक मार्ग खोल्ने सम्झौताको राप्रपाले विरोध गरेको बताए। यी भू–भाग नेपालका अविभाज्य स्थान भएको उल्लेख गर्दै उनले राष्ट्रिय सहमतिका आधारमा यो समस्या समाधानका लागि अनुरोध गरे ।

भिजिट भिसामा छानबिन आयोग नबनेसम्म राप्रपाले प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने पनि उनले जानकारी गराए । दुवै सांसदले बोलिसक्ने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरु संसद् भवनबाट बाहिरिएका थिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।