८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

लिपुलेक विवाद कूटनीतिक माध्यमबाट समाधान होस् : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारत र चीनबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र हुँदै व्यापारिक मार्ग खोल्ने सहमति विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै उक्त विवादलाई छिटोभन्दा छिटो कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले सो विषयमा सरकार गम्भीर रुपमा लाग्नुपर्ने बताए ।

उनले भने, ‘अहिले भर्खरै चर्चामा आएको छ—लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारत र चीनबीच भएको सम्झौताको विषय हो । यसलाई सरकारले कूटनीतिक माध्यमबाट छिटोभन्दा छिटो समाधान गरोस् ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमा चीन र भारत दुवैको भ्रमणमा जान लागेका सन्दर्भमा त्यस भ्रमणको सदुपयोग गर्दै नेपालको धारणा स्पष्ट रूपमा राख्न र समाधान खोज्न अनुरोध गरे ।

‘प्रधानमन्त्रीज्यू चीनको भ्रमण गर्दै हुनुहुन्छ र त्यसपछि भारतको पनि भ्रमण हुँदैछ । भ्रमणको अवसरमा सरकार प्रमुखको हैसियतमा उहाँले दुवै देशका सरकार प्रमुखहरूसँग नेपालको स्पष्ट स्ट्यान राखेर गम्भीरतापूर्वक कुरा गर्न र यो समस्या समाधान होस् भन्ने माग गर्दछु,’ खतिवडाले भने ।

उनले यस्तो संवेदनशील विषयमा सम्पूर्ण नेपाली एक भएर राष्ट्रको पक्षमा उभिनुपर्ने उल्लेख गर्दै पार्टी र जातभन्दा माथि उठेर सरकारलाई साथ दिनुपर्ने धारणा पनि व्यक्त गरे ।

‘यस्तो बेलामा हामी सम्पूर्ण नेपालीहरू कुनै पार्टीको, कुनै जातिको नभई सम्पूर्ण राष्ट्रको तर्फबाट आफ्नो स्वाभिमान र राष्ट्रिय एकताका लागि प्रस्तुत हुनुपर्छ,’उनले भने, ‘र यस्तो कुरामा सरकारलाई दृढतापूर्वक साथ दिनुपर्छ ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।