८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

लिपुलेकमा व्यापारमार्ग खोल्ने निर्णय राष्ट्रहितमा घातक : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिशा नेपालीले भारत र चीनबीच लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने सहमतिप्रति गम्भीर आपत्ति जनाएकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद नेपालीले नेपाल सरकारलाई बेवास्ता गर्दै एकतर्फी रूपमा गरिएको उक्त सहमतिले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा प्रत्यक्ष–अप्रत्यक्ष असर पार्ने चेतावनी दिइन् ।

उनले भनिन्, ‘भारत र चीनबीच हालै भएको सहमति अनुसार लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने निर्णयबारे राष्ट्रिय प्रजातन्त्र पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ । नेपालको सार्वभौमिकता र स्वाधीनतामा यस्तो एकतर्फी निर्णय गम्भीर प्रहार हो ।’

सांसद नेपालीले लिपुलेक, कालापानी र लिम्पियाँधुरा क्षेत्रहरू नेपालका अभिन्न अंग भएको बताइन् । उनले त्यस्ता विवादित भेगमा नेपालसँग परामर्श नगरी गरिने सहमति अस्वीकार्य हुने बताइन् ।

‘नेपाल सरकारलाई पूर्ण रूपमा उपेक्षा गर्दै भारत र चीनले व्यापारिक सहमति गर्नु केवल असमान व्यवहार मात्र होइन, अन्तर्राष्ट्रिय कानून र कूटनीतिक मर्यादाको समेत उल्लंघन हो,’ उनले भनिन् ।

राप्रपाले सरकारसँग उक्त विषयमा स्पष्ट र कडा कूटनीतिक पहल गर्न माग समेत गरेको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।