८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नेपाल–चीन सम्बन्ध विस्तारमा जोड

काठमाडौँ, ६ भदौः चीनको सिचुआन विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रका निर्देशक प्रा हुआङ झेङ डुओले राष्ट्रिय समाचार समिति रातो कागज सँग सहकार्य गरी नेपाल–चीनबीचको सम्बन्धलाई जनस्तरमा पु¥याउन इच्छुक रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका निर्देशक डुओले आज रासस केन्द्रीय कार्यालयको भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई अझ कसिलो बनाउन मिडियाले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताउँदै रासस जस्तो आधिकारिक संस्थासँगको सहकार्य सिचुआन विश्वविद्यालयका लागि पनि अवसर हुनसक्दछ भने ।

सो अवसरमा राससका महाप्रबन्धक सन्दीप राईले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै यस परम्परागत सम्बन्धलाई जनस्तरमा विस्तार गर्न राससले विशेष महत्व दिएको बताए। उनले निकट भविष्यमै राससले चीनमा पनि आफ्नो प्रतिनिधि राख्न लागेको जानकारी दिए ।

राससका आलेख शाखाप्रमुख कृष्ण अधिकारीले दुई देशबीचको सम्बन्ध विस्तारमा राससले पु¥याउँदै आएको योगदानका बारेमा जानकारी गराए। सिचुआन विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका प्रशान्तकुमार विकेले नेपालको विकासमा चीनले उच्च महत्व दिएको उल्लेख गरे ।

सो अवसरमा निर्देशक डुओलाई राससद्वारा प्रकाशित रासस फोटो किताब २०८२ प्रदान गरिएको थियो । पुस्तकबाट नेपालको संस्कृति र पूर्वाधारका क्षेत्रमा आफूले धेरै जानकारी पाएको निर्देशक डुओले बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।