Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

रातो कागज
2 घण्टा अघि

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ३९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४० पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८ रुपैयाँ १० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा तोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया