२६ आश्विन २०८२, आईतवार
खेलकुद गण्डकी मुख्‍य समाचार समाचार

आलोक स्मृति राष्ट्रिय म्याराथन प्रतियोगिता हुँदै

त्रिवेणी नवलपरासी, ५ भदौः नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा आलोक स्मृति राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजना, प्रदेश खेलकुद परिषद् र प्रदेश एथलेटिक्स सङ्घ गण्डकीको प्राविधिक सहयोगमा प्रतियोगिता गर्न लागिएको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले जाकारी दिए ।

जिल्लाको तीन पालिका कावासोती, मध्यविन्दु र हुप्सेकोटलाई छुने आलोक चक्रपथलाई परिक्रमा गर्ने गरि प्रतियोगिताको आयोजना गर्न लागिएको हो । कात्तिक एक गते सञ्चालन गरिने प्रतियोगितामा देशभरिबाट जम्मा २० जना खेलाडी सहभागि हुनेछन् । सात प्रदेशबाट दुई जनाका दरले चौध जना र तीन विभागीय टोलीबाट छ जना गरी २० जना खेलाडी प्रतियोगितामा भाग लिने प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताए ।

प्रदेश खेलकुद मार्फत छनौट भएर सिफारिस गरिएका खेलाडी प्रतियोगितामा सहभागि हुने उनले बताए ।

प्रतियोगितामा सहभागि खेलाडी बाहेक ‘दौडिन्छ नवलपुर अन्तरगत प्रतियोगिता उद्घाटन भएको दश मिनेटपछि नवलपुर सहित यस आसपासका खेलाडी, पूर्वखेलाडी, १०० जना कार्यक्रममा सहभागि भई दौडिने कार्यक्रम रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुनले बताए । खेलप्रति सबैको उत्साह जगाउन यो कार्यक्रम समेत जोडिएको उनको भनाइ छ ।

कावासोती–२, मा रहेको नवदुर्गा प्रादेशिक क्रिकेट मैदानबाट प्रतियोगिता सुरु गरी नमूना सदरमुकाममा प्रस्तावित रङ्गशाला हुँदै डण्डा, हुप्सेकोटमा रहेको युनाइटेड गोल्ड कप खेल मैदान, मध्यविन्दु नगरपालिकाको चोरमारा बजारहुँदै राइनो रङ्गशाला, इटौरा, गोछडा, त्रिभुवनटार हुँदै डण्डा गैँडाचोकमा आएर दौड समापन हुनेछ । प्रतियोगीले आलोक चक्रपथ परिक्रमा गर्ने सदस्य सचिव शर्माले बताए ।

प्रजातान्त्रिक योद्धा यादवनाथ न्यौपानेको आलोकको सम्झनामा २०५० सालमा आलोक चक्रपथ नामकरण गरी तीन पालिकालाई सडक सञ्जालले जोडेको चक्रपथ हालसम्म निर्माण हुन नसकेकाले प्रदेश तथा सङ्घ सरकारलाई ध्यानाकर्षण गराउन, यस चक्रपथ वरपरका धार्मिक तथा पर्यटकीय क्षेत्रको खेलका माध्यमबाट प्रचारप्रसार गराउन यो प्रतियोगिताको आयोजना गरिएको सदस्य सचिव शर्माले बताए । पहिलोपटक प्रतियोगिता सुरु गर्न लागिएको प्रतियोगिताले एथलेटिक्स खेलको म्याराथनमा विकासका लागि समेत सहयोग पुग्ने उनले बताए ।

प्रतियोगिता पहिलोपटक सुरु गर्न लागिएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिँदै लैजाने जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष पुनले बताए।

प्रतियोगितामा प्रथमहुनेलाई रु ५० हजार, द्वितीय हुनेलाई रु ३० हजार, तृतीय हुनेलाई रु २० हजार र सान्त्वना हुने दुईजनालाई रु पाँच हजारका दरले पुरस्कृत गरिने अध्यक्ष पुनले बताए । प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद परिषद् गण्डकी र यहाँका स्थानीय तहको सहयोग रहने उनले बताए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected