७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाज

युवा संघको देशव्यापी रक्तदान महाअभियान : मकवानपुरमा ३५२ ले गरे रक्तदान

मकवानपुर । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी मकवानपुरको स्वास्थ्य विभागद्वारा आयोजित रक्तदान कार्यक्रममा ३५२ जनाले रक्तदान गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले सञ्चालन गरिरहेको देशव्यापी रक्तदान महाअभियानका क्रममा मकवानपुरमा पनि खुला रक्तादान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक राजेश नगरकोटीले जानकारी दिए ।
संघका जिल्ला अध्यक्ष राजेश नगरकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रत्यक्ष सांसद निर्वाचित तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक माननीय महेश कुमार बर्तौला, एमाले मकवानपुरकाका अध्यक्ष श्रीधर पोखरेलगायत युवा संघ र पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता, एमालेका विभिन्न जनवर्गीय संगठनका नेता–कार्यकर्तासहित रक्तदानसँग सम्बन्धित सामाजिक संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व