२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौँ, ४ भदौ ः प्रतिनिधिसभाको आजको बैठकले ‘ मानव बेचविखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए।

सरकारले सो विधेयक, २०८१ चैत ११ गते प्रतिनिधिसभामा दर्ता गराएको थियो । सो विधेयकमाथि गत साउन आठ गते प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ५ गते बिहीबार अपराह्न १ः०० बजे बस्नेछ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।