२९ आश्विन २०८२, बुधबार
अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार

नेपालमा एउटै काम गर्नको लागि चार, पाँच ठाँउ धाउनुपर्ने बाध्यता छ : सुरेन्द्रराज रेग्मी

काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले नेपालमा एउटै काम गर्नको लागि चार, पाँच ठाँउ धाउनुपर्ने बताएका छन् ।

हिजो मंगलबारदेखि सुरु भएको नाडा अटोशोको प्यानल डिसकशनमा उनले एउटै कामको लागि चार, पाँच ठाँउ धाउनुपर्ने अवस्था आएपनि यसबाट समय र श्रम दुवै खर्च हुने भन्दै यो विषयमा गम्भिर हुनुपर्ने बताए ।

उनले भने, ‘सानोतिनो कारणले गर्दा काम ढिला हुने भयो भने यसले कसैलाई राम्रो हँुदैन् । यसलाई अलि सरल तरिकाले अगाडि बढाएर लानुपर्छ जस्तो लाग्छ । नेपाल सरकारले कामहरु एकै स्थानबाट सहज रुपमा सम्पन्न गर्न सक्ने वातावरण मिलाउनुपर्छ, किनभने प्रयोगकर्ताहरुलाई त छिटो भए हुन्थ्यो भन्ने हुन्छ । हामीले समयको महत्व नै बुझेका छैनौँ जस्तो लाग्छ । एउटै कामको लागि कोही मान्छे चार, पाँच ठाँउ धाउनुपर्छ । यसबाट समय र श्रम दुवै खर्च हुन्छ, एकै ठाँउबाट काम हुने हो भने त्यो समय त हामीले अन्य कामको लागि प्रयोग गर्न सक्छौँ नि ।’

यस्तै, उनले समस्या एकातिर तर देशको नीति अर्को तिर भएको नीति र समस्या बीच तालमेल नै नभएको भन्दै यो विषयमा सरोकारवालाहरुले पनि अलि गम्भिर भएर हेर्नुपर्ने बताए ।

थप समाचारहरु

बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र
बैंक–वित्त

‘अब तापक्रम घट्दै जान्छ, गर्मीबाट राहत मिल्छ’

२८ जेठ, काठमाडौं। अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आइतबार (आज)