रातो कागज

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पितृसतात्मक संरचना भएको कारण महिलाहरु शक्तिशाली नेतृत्वमा गएको अझै पनि समाजलाई पाच्य नभएको बताएकी छिन् ।
बुधबार काठमाडौंमा आयोजित विगत वर्तमान र भविष्यमा नेपाल महिला संघको भूमिका नामक एकदिवसीय विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले महिलाहरु निडर भएर योद्धाको रुपमा आफूलाई स्थापित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिईन् ।
उनले भनिन्,‘यो पितृसतात्मक संरचना भएको कारण महिलाहरु शक्तिशाली नेतृत्वमा गएको अझै पनि हाम्रो समाजलाई पाच्य छैन् । तर हामी डाराउन चाँही हुँदैन् । मलाई लाग्छ हामी एउटा योद्धाको रुपमा पनि आफूलाई स्थापित गरेर अगाडि बढ्नुपर्छ । यसमा सम्पूर्ण महिला संघको साथिहरुले साथ दिनुहुन्छ भन्ने आशा छ ।’
त्यस्तै मन्त्री राणाले पितृसतात्मक समाजकै कारण महिलाहरु जति अगाडि बढ्यो त्यति पछाडि धकेलिने समस्या पनि रहेको सुनाईन् । उनले अहिले आफू मन्त्रीको रुपमा उभिदैगर्दा यसठाउँसम्म आइपुग्न आफूले विगतमा महिला भएकै कारण गर्नुपरेका संघर्षको स्मरण समेत गरिन् ।
‘हामी पितृसतात्मक समाजमा अझै पनि छौं । त्यसैले हाम्रो सामुहिक समस्याहरु पनि धेरै छन् । हामीले जानुपर्ने बाटो त्यति सजिलो छैन् । हामी अगाडि बढ्छौं ,तर फेरी हामीलाई पछाडि धकेलिन्छ । यस्तो समयमा एकजुट भएर अगाडि बढेनौं
भने धेरै गाह्रो हुन्छ । आज म पनि तपाईहरुसामु मन्त्री भएर उभिएको छु तर यहाँसम्म आइपुग्दा मेरो पनि धेरै संघर्ष छ,’उनले भनिन् ।
महिलाहरुको विषयलाई सम्बोधन गर्ने पार्टी कांग्रेस बाहेक अरु कुनै नभएको उनको दाबी छ । नयाँपार्टीले मन्त्री पदपनि चिठ्ठामा पाएको टिप्पणी गर्दै मन्त्री राणाले उनीहरुले संघर्ष बुझ्न नसक्ने धारणा राखिन् । महिलाहरुलाई अगाडि बढ्ने कुरामा आफु र आफ्नो पार्टिले समेत सहयोग गरिरहेको र आगामी दिनमा पनि गरिरहने उनले बताईन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया