७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति

राप्रपा सांसदको अभिव्यक्तिप्रति एमाले सांसद थापाको आपत्ति

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीको अभिव्यक्तिप्रति नियमापत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधिसभामा राप्रपा सांसद कार्कीले उपसभामुख इन्दिरा राना मगरलाई महाभियोग लगाउनका लागि कांग्रेस र एमालेले हस्ताक्षर संकलन गरेको विषयमा बोलेको भन्दै नियमापत्ति जनाएका हुन् ।

‘कस्ता सदस्य भनेको रेकर्डबाट हटाउनुपर्छ । मण्डलेतन्त्रविरूद्ध लडेर यो संसदमा आएका सार्वभौम जनताका प्रतिनिधि हौं। जनताबाट निर्वाचित हौं । कस्ता कागजमा सही गर्छौं यो हामी जानेर, बुझेर सही गर्छौं,’ उनले भने ।

साथै उनले भालूवाङ प्युठान मोटरबाटो अन्तरगत खहरे खोलामा पहिरोका कारण पटक पटक सडक अवरुद्ध हुने गरेकोले यस विषयमा सम्बन्धित मन्त्रालय र  निकायको गम्भिर आर्कषण समेत गराएका छन् ।

उनले भने, ‘भालूवाङ प्युठान मोटरबाटो अन्तरगत खहरे खोलामा पहिरोका कारण पटक पटक सडक अवरुद्ध हुने गरेको छ । यस विषयमा सम्बन्धित मन्त्रालय र  निकायको गम्भिर रुपमा ध्यान आर्कषण गराउन चाहन्छु ।’

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।