७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति

दुई दलिय व्यवस्थाको मिसन अन्ततः एकदलिय प्रवृत्तिमा परिणत हुने खतरा : शक्ति बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले सत्तारुढ दुई प्रमुख दलहरू दुई दलिय व्यवस्थाको मिसनमा लागिपरेको भन्दै त्यसको तीव्र आलोचना गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालजस्तो बहुजातीय, बहुसांस्कृतिक र विविधतायुक्त समाजमा दुई दलिय अवधारणा न सैद्धान्तिक रूपमा उचित न व्यवहारिक रूपमा उपयुक्त ठहरिने बताएका हुन् ।

‘प्रमुख दुई सत्तारुढ दलहरू दुई दलिय व्यवस्थाको मिसनमा हिँडिरहेको देखिन्छ,’ सांसद बस्नेतले भने, ‘तर यो अवधारणा अन्ततः एकदलिय प्रवृत्तिमा परिणत हुने खतरा छ । नेपाली जनताले यस्तो मिसनलाई स्वीकार गर्ने छैनन् ।’

उनले सत्तारुढ दलहरू उपसभामुखविरुद्ध विदेशमै रहँदा हस्ताक्षर संकलनमा लागेको भन्ने समाचारप्रति पनि चिन्ता व्यक्त गरे ।

‘विदेशमा रहेकी सामाजिक रूपमा समेत सक्रिय एक महिला नेतृमाथि यसरी व्यवहार गरिनु न त समावेशी मूल्यअनुकूल देखिन्छ, न त सामाजिक न्याय अनुकूल र न लोकतान्त्रिक चरित्रअनुकूल हो ।’उनले भने ।

बस्नेतले समावेशिता, न्याय र लोकतन्त्रको मूल मर्ममाथि प्रश्न उठ्ने खालको राजनीतिक चलखेल बन्द गर्न आग्रह गर्दै, बहुलवाद र विविधताको सम्मान गर्न सत्तारुढ दलहरूलाई चेतावनी दिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।