२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

नेपालद्वारा मेलबर्न रेनेगेड्स एकेडेमीलाई एक सय ४० रनको लक्ष्य

काठमाडौँ, ४ भदौः अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी २० सिरिजअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ ।

डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक ३९ रनको योगफल बनाएको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिएका छन् । उनले २२ बलमा एक चौका र एक छक्का सहित सर्वाधिक २९ रन बनाएका हुन् ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउदाँ लोकेश बमले १६ बलमा २४ रन जोडे । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२र१२ रन बनाए ।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुईरदुई विकेट लिए । मेलबर्न रेनेगेड्स एकेडेमी अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected