३ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति

आज प्रतिनिधि सभाको बैठक बस्दै, बैठकमा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ ।

बुधबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरूले सोधेका  प्रश्नको जवाफ दिने कार्यसूचीमा तय गरिएको छ ।

यस्तै, आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी, ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

 

 

 

 

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।