३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

६–७ हजार बचतकर्ताको बचत भुक्तानी भइसक्यो : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले हालसम्म छसात हजार बचतकर्ताको बचत भुक्तानी भइसकेको बताएका छन् ।

सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले समस्याग्रस्त घोषणा भएका तीन सहकारीको समस्या समाधान भइसकेको र दुई सहकारीको समस्या समाधानको चरणमा रहेको जानकारी दिए ।

मन्त्री अधिकारीले सहकारीको समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखिएको भन्दै बचतकर्ताले चाँडै राहत पाउने विश्वास दिलाए ।

‘अहिलेसम्म ६–७ हजार बचतकर्ताको बचत भुक्तानी भइसकेको ५६ हजार बचतकर्ताको आंशिक भुक्तानी अझै बाँकी छ, तर अबको डेढ वर्षभित्र समस्या समाधान हुन्छ । नेपाल ट्रष्टको नाममा कहाँ–कहाँ जग्गा छ भनेर खोज्दैछौं, केहीमा सफलता मिलिसकेको छ, केही अझै बाँकी छन्,’ उनले भने ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।