Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

फास्ट ट्रयाकको काम ०८३ सालसम्म सक्न कठिन

रातो कागज
1 घण्टा अघि

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) ०८३ सालसम्म सक्न कठिन रहेको जानकारी दिएका छन् ।

बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उनले फास्ट ट्रयाकको काम ०८३ भित्र सक्ने सम्भावना कठिन भएको बताएका हुन् ।

मन्त्री राईले भने, ‘०८३ सालभित्र काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) बन्छ कि बन्दैन भन्ने कुरामा सबैको आशंका रह्यो । ०८३ नआइकन भन्नपनि सकिदैन् । तर मेलम्चीको आयोजना लम्बिदैन् ।’

उनले नेपालमा फास्ट ट्रयाकको काम गर्दा जमिन र जङगल सम्बन्धिका कानुनले अप्ठ्यारो पर्ने बताए ।

‘नेपालमा प्राय जग्गाहरु व्यक्तिको नाममा छ । समस्या जमिन र जङगल हो । जङगलको कानुन मन्त्रिपरिषदले समेत क्रस गर्न नसक्ने रहेछ । फास्ट ट्रयाकको सम्बन्धमा संशोधनको रुपमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पास गर्यौ । तर हामीले निकुञ्जहरु बेचेर खाने भन्ने आरोप पनि आए । जङगलका समस्या सुधार हुँदा वन मन्त्रालयपनि सकरात्मक छ,’ उनले भने ।

यस्तै, प्रधानसेनापति अशोकराज सिग्देलले भने फास्ट ट्रयाकको काम ०८३ प्रतिशत सकिएको बताए ।

उनले भने, ‘समयमा सक्नुपर्छ । ०८३ चैत्र अन्तिमसम्ममा सक्नुपर्ने दायित्व छ । त्यो सक्नलाई हामी प्रतिवद्ध छौ । अहिले करिब ०८३ प्रतिशत काम सकिसकेको छ । अब हुने काम छिटो हुने खालका छन् ।’

प्रधानसेनापति सिग्देलले काम सक्ने सम्भावना धेरै रहेको भन्दै नेपाली सेनाले आफ्नो काम समयमा नै सक्नेमा विश्वस्त रहन आग्रह गरे ।

आजको बैठकमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षामा छलफल गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया