रातो कागज

काठमाडौँ, २९ साउनः प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले सदन बहिष्कारलाई निरन्तरता दिने बताएका छन् । उहाँले अनियमितता रोक्न न्यायिक समिति गठन नभएसम्म संसद् बहिष्कारलाई निरन्तरता दिने बताए ।
आज पनि राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूले बैठक छाडेर बाहिरिएका छन् । बैठक बहिष्कार गर्नुअघि राप्रपाका सांसद प्रधानले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताका आधार दिनुभएको राजीनामा सकारात्मक सन्देश भएको बताए ।
नियतबश भएको भए नैतिकताका आधारमा राजीनामा मात्रै दिएर पुग्ने हो कि होइन ? भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न उठेको छ । अनियमित विषयहरू रोक्न न्यायिक छानबिन समिति गठन गर्नुपर्छ, उनले भने, “हामी सदन बहिष्कार गर्ने प्रक्रियामा छौँ ।
रास्वपाकी सांसद चन्दा कार्कीले बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध दिनुभएको अभिव्यक्ति आपत्तिजनक रहेको बताए । अदालतको फैसला सरकारले जिम्मा लिन नसक्ने उचित होइन । राज्यले हस्तक्षेप गरेपछि स्वतन्त्र न्यायपालिका कसरी हुन सक्छ ? म सदनमार्फत ध्यानाकर्षण गराउन चाहन्छु”, उनले भने ।
सांसद कार्कीले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेर आर्थिक पारदर्शिता कायम गर्नुपर्ने बताउँदै जनताको जनभावनाको सबैले कदर गर्नुपर्नेमा जोड दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया