२९ कार्तिक २०८२, शनिबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार विशेष समाचार

शान्तिको बाटो युक्रेनसँगै मिलेर तय गर्नुपर्छः जेलेन्स्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने आगामी बैठकको अपेक्षा बढ्दै जाँदा, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्वको समाधानमा युक्रेनको अडानलाई पुनः पुष्टि गर्दै कडा शब्दमा बयान दिएका छन् ।

शनिबार राति एक भिडियो सम्बोधन मार्फत जेलेन्स्कीले भनेका छन “युक्रेनको लागि शान्तिको बाटो युक्रेनसँगै मिलेर तय गर्नुपर्छ – यो आधारभूत पक्ष हो ।“ उनले कडा शब्दमा भनेका छन कि युक्रेनले देशलाई “विभाजन गर्ने दोस्रो प्रयास“ गर्नेछैन ।

जेलेन्स्कीले वास्तविक शान्ति सम्झौताको लागि युक्रेनको खुलापन बारे दोहो¥याएर स्पष्ट पारे कि यो क्षेत्रीय सम्झौताको मूल्यमा आउने छैन । गत शुक्रबार, ट्रम्पले सामाजिक सञ्जाल मार्फत घोषणा गर्दै भनेका छन कि उनी अगस्ट १५ मा अमेरिकी राज्य अलास्का राज्यमा पुटिनसँग भेट्नेछन् ।

रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले पनि ट्रम्को उक्त खुलासालाई पुष्टि गर्दै पुटिन र ट्रम्पले आगामी शिखर सम्मेलनमा रुस–युक्रेन द्वन्द्वको दीर्घकालीन शान्तिपूर्ण समाधान प्राप्त गर्ने विकल्पहरूमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

सीसीटिभि

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण