१२ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाज

पूर्वराष्ट्रपति भण्डारीद्वारा गाईजात्रा पर्वको शुभकामना

काठमाडौँ, २५ साउन : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको बताएका छन् ।

गाईजात्रा पर्वका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले नेपालका विभिन्न भागमा विविध विधि र शैलीमा मनाइने गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको छ भने ।

पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् , “नेपालीहरूको महत्त्वपूर्ण सांस्कृतिक पर्व, विशेषगरी नेवार समुदायले वर्ष दिनभित्र दिवङ्गत पितृहरूको सम्मान तथा आत्मा–मुक्तिका लागि मनाउने गाईजात्रा साँपारु पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

पूर्वराष्ट्रपति भण्डारीले गाईजात्रा पर्वले पितृआशीर्वादसहित आपसी सम्मान, सहिष्णुता र सांस्कृतिक गौरवको भावना अझ प्रगाढ बनाउन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेकी छन् ।

पुर्खाप्रति कृतज्ञता प्रकट गर्ने, मृत्युलाई जीवनको शाश्वत सत्यका रूपमा स्वीकार गर्ने, समाजमा आपसी सद्भाव र सहअस्तित्वलाई सुदृढ बनाउने तथा हास्यव्यङ्ग्य मार्फत समाजमा विद्यमान विकृति, विसङ्गतिमाथि चोटिलो प्रहार गर्ने यस पर्वले हाम्रो सांस्कृतिक सम्पदा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको छ”, पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व