News and Updates
2 घण्टा अघि

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै यस्ता पर्वले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेका बताएका छन् ।
आइतबार शुभकामना सन्देश मार्फत उनले मौलिक पर्वहरू पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताए ।
उनले लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृति र परम्पराहरूलाई समान अधिकार र अवसर प्राप्त हुने बताउँदै यसले सबै संस्कृतिको संरक्षण र संवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि संरक्षण गर्दै, पर्वहरूको मौलिकता जोगाउनु सामूहिक दायित्व र जिम्मेवारी भएको उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया