१२ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति

नेपालले भारतसँग डिल गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ : पूर्वमन्त्री बस्नेत

काठमाडौं ।  पूर्व जलस्रोत तथा सिँचाईमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले नेपालले उर्जा तथा जलस्रोतको विषयमा भारतसँग डिल गर्दा राष्ट्रिय हितलाई आधार बनाएर गर्नुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नेपाल–भारत सम्बन्धमा नेपालको उर्जा तथा जलस्रोतको भूमिका विषयक संवाद कार्यक्रममा बोल्दै उनले जलस्रोतको कुरा गर्दैगर्दा राष्ट्रिय हितलाई आधार बनाउने कुरा बिर्सन नहुने बताए ।

उनले दुई देशको सम्बन्धलाई पारस्परिक लाभको आधारमा कसरी लैजान सकिन्छ भन्ने विषयमा ध्यान दिन जरुरी रहेको पनि बताए ।

उनले भने,‘दुई देशबीचको सम्बन्धको दृष्टिकोणले हेर्दा एउटा विश्वास कायम गर्ने कुरा त छँदै छ, त्यो ठिकै छ । तर जलस्रोतको कुरा गर्दैगर्दा बिर्सन नहुने कुरा चाँही राष्ट्रिय हितलाई आधार बनाएर जानुपर्छ भन्ने हो । भारतले पनि राष्ट्रिय हितलाइ पहिलो बनाएर नेपालसँग डिल गर्ने हो । दुई देशको सम्बन्धलाई पारस्पारिक लाभको आधारमा कसरी लैजाने भन्ने विषयमा ध्यान दिनुपर्छ ।’

त्यस्तै सोही कार्यक्रममा बोल्दै रास्वपाका उपाध्यक्ष डिपी अर्यालले नेपाल जलस्रोतको धनी देश भनेर भाषण गरेतापनि तराईमा पानी र सिँचाईको अभाव हुनु दुखद् भएको बताए । यस्तो अवस्थाको अन्त्य गर्न संवाद कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।

उनले भने,‘भाषणमा भन्ने गर्छौ सबैथोक हामीसँग छ । जलस्रोतको धनी देश भन्छौं । तर बर्खा लाग्नेबेला तराईमा पानी र सिँचाईको अभाव हुन्छ । यस्तो अवस्थाको अन्त्य गर्न पनि यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने विश्वास छ ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।