४ फाल्गुन २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

ट्रम्पले पुटिन र जेलेन्स्कीबीचको सम्भावित शिखर वार्ता हुने गरे संकेत

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको सम्भावित शिखर वार्ताको राम्रै सम्भावना रहेको बताएका छन् ।

बुधवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्ना विशेष दूत स्टीभ विटकोफ र रुसी राष्ट्रपति पुटिनबीच भएको छलफल धेरै राम्रो भएको जनाउँदै आफू दुबै नेतासँग वार्ता गर्न खुला रहेको बताएका हुन् ।

क्रेमलिनले पनि सो वार्तालाई रचनात्मक भन्दै दुबै पक्षबीच संकेतहरू आदानप्रदान भएको बताएको छ । तर विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

यो भेटवार्ता ट्रम्पद्वारा रुसी आक्रमण रोक्न अन्तिम म्याद तोकेको केही दिनअघि भएको हो ।  ट्रम्पले आफ्ना युरोपेली साझेदारहरूसँग पनि छलफल भएको भन्दै त्चगतज क्यअष्ब िमा पोस्ट गरेका छन् ।

‘सबै सहमत छन् — यो युद्ध अन्त्य हुनुपर्छ, र हामी यसतर्फ काम गरिरहनेछौं,’ उनले लेखेका छन् ।

यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि ट्रम्पसँग विटकोफको भ्रमणबारे टेलिफोन वार्ता भएको पुष्टि गरेका छन् ।

जेलेन्स्कीले रूसले शान्तिका लागि गम्भीर पहल गर्ने हो भने उसले आर्थिक दबाबमा पर्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन् ।

यदि रुसले युद्ध अन्त्यतर्फ ठोस कदम नचालेमा ट्रम्प प्रशासनले कडा प्रतिबन्ध र रूससँग व्यापार गर्नेहरूलाई समेत दोस्रो चरणको प्रतिबन्धको चेतावनी दिएको छ ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण