२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति

संसद बहिस्कार गरेर गरिमा र महत्व घटाइयो : श्याम घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपालेले ७० दिनदेखि संसद बहिस्कार गरेर संसदको गरिमा र महत्व नराखेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राप्रपा र रास्वपाले ७० दिनदेखि संसदमा र आफ्नो कुरा राख्ने संसद बहिस्कार गर्दै भिजिट भिसाको विषयमा झूटो प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने अभ्यास चलेको बताए ।

उनले भने, ‘झण्डै ७० दिनदेखि संसदमा राप्रपा र रास्वपा दुईवटा पार्टीले संसद अवरुद्ध गर्दै आएको छ । संसदमा आफ्नो कुरा राख्ने र संसद बहिस्कार गर्ने काम गरेको छ । यो अभ्यास कति दिनसम्म यो चल्ने हो ? यहाँ संसदमा उभिएर सँधै गालीगलौंज गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भन्ने ? भिजिट भिसा भनेको मानव तस्करी हो ? भिजिट भिसामा बाहिर कतैपनि नजाने कुन सांसद यहाँ कोछ झूटो कुरा प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने जुन अभ्यास चलेको छ यो बन्द हुनुपर्छ । यो प्रथालाई अब बन्द गरिएन भने संसदको गरिमा र महत्व पनि रहँदैन् ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।