२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति

कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्नेको नाम किटान गर्न माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन भएको छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्ने माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले राजनीतिक प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षप पछि संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्ने माग गरेका हुन् ।

उनले भने, ‘यो संसदको गरिमा लागि पनि सत्ता र राजनीतिक प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षपपछि संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्छ भन्ने कुराको जोडदार माग गर्दछु ।’

यस्तै, उनले बहुविवाहको बाटो खोल्नेगरि कानूनमा हुन लागेको संशोधन रोकिनु पर्ने भन्दै प्रेस स्वतन्त्रता कुन्ठित गर्ने र प्रेसलाई नियन्त्रण गर्ने गरि ल्याउन लागिएको मिडिया काउन्सिल विधेयकलाई मिडियामैत्री हुनेगरि अघि बढाउनुपर्ने बताए ।

आठ अर्बभन्दा बढीको पासपोर्ट छपाइको ठेक्का सेटिङमा दिनेगरि षडयन्त्र गरेको भन्दै उक्त ठेक्का खारेज गरि छानबिन गरेर नयाँ प्रक्रिया अगाडि बढाउनु पर्ने पनि उनको माग रहेको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।