२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति

मुख्यमन्त्री लामाको राजीनामा प्रदेश प्रमुख कार्यालयमा पेस

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामाले राजीनामा प्रदेश प्रमुखको कार्यालयमा पेस भएको छ ।

सोमबार दिउँसो मुख्यमन्त्री लामाका स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव बल राम गैरेलाई राजीनामापत्र बुझाएका हुन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गरि मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएका थिए ।

राजीनामा दिएर लामा काठमाडौं हिडेका थिए । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेपछि नयाँ सरकारको लागि आव्हान गर्नेछन् ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्पतालबाट डिस्चार्ज भएर सोमबार बिहान हेटौंडा आइपुगेका हुन् ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।