२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति समाज

यातायात व्यवस्थापनका लागि सुचना प्रविधिको उपयोग बढाउनुपर्ने : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सुचना प्रविधिको उपयोग बढाउनु पर्नेमा जोड दिएका छन् ।

सोमबार ललितपुरमा भएको काठमाडौ उपत्यकाको यातायात व्यवस्थापनका बारेमा जाईकाले गरेको अध्ययन बारेको कार्यक्रमलाई संवोधनका क्रममा उनले प्रविधिमा आएको विकास र परिवर्तनबाट नेपालले पनि लाभ लिन सक्नुपर्ने बताएका हुन् ।

छिटो, छरितो र गुणस्तरीय सेवा उपलव्ध गराउन नविन प्रविधी र शैलीलाई अनुशरण गर्नु पर्ने मन्त्री दाहालको भनाई छ ।

अब परम्परागत रुपबाट मात्र काम गरेर स्तरीय सेवा प्रवाह गराउन सकिने अवस्था नरहेको भन्दै मन्त्री दाहालले प्रविधिमा आएको विकास र रुपान्तरणलाई उपयोग गर्न सक्नु पर्नेमा जोड दिएका छन् ।

यातायात व्यवस्थापनका लागि कुनै एक मन्त्रालय र निकायको पहल र प्रयास मात्र पर्याप्त नहुने भन्दै मन्त्री दाहालले अन्तरनिकाय सम्वन्ध र सहकार्यलाई समेत बढाउनु सक्नु बताए ।

मन्त्री दाहालले नेपालको विभिन्न क्षेत्रको विकासमा जाईका तथा दातृनिकायहरुले गर्दै आएको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्य रहने विश्वास व्यक्त गरे ।

जाइकाका नेपाल प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाललाई सहयोग गर्न पाउदा जापान खुशी रहेको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने उल्लेख गरे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव शुशिलबाबु ढकालका अनुसार जाईकाले तीन वर्ष भन्दा लामो समय लगाएर काठमाडौको शहरी यातायात व्यवस्थापनका बारेमा अध्ययन् गरेको हो ।

ट्राफिक लाइट तथा ईन्टरसेक्सन व्यवस्थापन लगायतका बारेमा जाईकाले विभिन्न गाईडलाईन सहित सुझाव समेत दिएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व