२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाज

युग र युवा पुस्ताको चेतनासँग मेल खाने लोकतान्त्रिक अभ्यास आवश्यक : नैन सिंह महर

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय समितिका सदस्य नैन सिंह महरले समाज र समयको गतिसँगै लोकतन्त्र (डोमोक्रेसी) को स्वरूप र परिभाषा समेत परिवर्तन हुँदै गएको बताएका छन् ।

जनप्रशासन क्याम्पसको ४९औं वार्षिकोत्सव सप्ताहको अवसरमा स्कुल अफ डोमोक्रेसी, जनप्रशासन क्याम्पस सर्कलद्वारा आयोजित सम्मान तथा सपथग्रहण कार्यक्रममा बोल्दै महरले आधुनिक युग र युवा पुस्ताको चेतनासँग मेल खाने लोकतान्त्रिक अभ्यास आवश्यक रहेको धारणा राखे ।

‘समयसापेक्ष समाज निर्माण गर्न, ग्लोबल सोच विकास गर्न आजको लोकतन्त्रलाई नयाँ ढंगले बुझ्नुपर्ने आवश्यकता छ,’ महरले भने, ‘जसरी पृथ्वीमा परिवर्तन आएको छ, विकासले फड्को मारेको छ, त्यसरी नै लोकतन्त्र पनि मानिसको जीवनअनुसार काम गर्ने भएकाले त्यसलाई त्यसैअनुसार बुझ्नुपर्छ ।’

उनले नेपाली समाजमा डेमोक्रेसीको विकासमा बीपी कोइरालाको विचार र योगदानको स्मरण गर्दै, ‘बीपीले चेतनाको स्तर कम भएकाबेला हलो जोत्ने किसानका लागि नीति बनाउनु भन्नुभएको थियो, आज त्यो समाजबाट हामी धेरै अघि बढिसकेका छौं,’ उनले भने ।

महरले अहिलेकको पुस्ताले विशेषगरी राजनीतिक चेतनालाई सम्बोधन गर्न लोकतान्त्रिक अभ्यासलाई नयाँ ढंगले प्रस्तुत गर्नुपर्ने बताए । ‘हिजोको लोकतन्त्रप्रतिको बुझाइ र आजको युवा पुस्ताले बुझ्ने लोकतन्त्रमा भिन्नता छ । यदि राजनीतिक दलहरूले जेनजेड पुस्ताले स्वीकार्न सक्ने लोकतान्त्रिक प्रक्रियाहरू दिन सकेनन् भने डेमोक्रेसीले काम गर्न सक्दैन,’ उनले स्पष्ट भने ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व