२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

लागूऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागूऔषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण व्यूरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागूऔषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताएका हुन् ।

उनले भने, ‘लागूऔषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ । त्यसैले हामीले एक वर्षमा लागूऔषधविरुद्धको महाअभियान लागू गरेका थियौं । त्यो अभियान सार्थक भएको छ ।’

विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागूऔषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए ।

‘आगामी दिनमा थप प्रभावकारी ढंगले यो चुनौतिको सामना गर्नु छ । स्रोत साधानको कमी भएपनि चहाँदा धेरै काम गर्न सकिन्छ । त्यो यो एक वर्षमा देखिएको छ,’ उनले भने ।

लागूऔषधको विगविगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

‘खास गरेर युवाहरुमा यसको लत देखिएको छ । देशको भविष्य जोडिएको युवा शक्ति लागू औषधमा फसको देखिएको छ, उनले भने,  ‘लागूऔषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ । लागूऔषधको अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागूऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ । यो प्रहरीको मात्र होइन । सबै मानिसको जिम्मेवारी हो ।’

यस्तै गृहमन्त्री लेखकले लागू औषध व्युरोलाई विभागकै रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । ‘लागूऔषध व्यूरोलाई विभागका रुपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ,’उनले भने ।

गृहमन्त्रीले लागूऔषध व्यूरोलाई विभागका रुपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए ।

कार्यक्रममा महानिरीक्षक थापाले लागूऔषध व्यूरोलाई विभागका रुपमा विकास गर्ने गृहमन्त्रीको प्रस्ताव सराहनीय रहेको बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।