Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

रातो कागज
18 घण्टा अघि

गोरखा, १६ साउन ः जडीबुटी सङ्कलनबाट गोरखामा गत आर्थिक वर्षमा रु २० लाख १६ हजार ४०४ राजस्व दाखिला भएको छ । गत आव विभिन्न गाउँपालिकामा सङ्कलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले उक्त रकम प्राप्त गरेका हुन् ।

मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडीबुटी सङ्कलन तथा निकासी भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले रु १२ लाख ७० हजार ४१९ राजस्व सङ्कलन भएको जनाएको छ । गत आव ३४ दशमलव १९ केजी यार्सागुम्बाबाट रु १० लाख ८९ हजार ८९० राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख सन्तोष शेरचनले बताए।
मनास्लु क्षेत्रमा बुकीफूल, पदमचाल, रातोच्याउ, निर्मसी, टुकीफूल, टिमुर, धुपी, सुनपाती, सेतक्चिनी, गुलाफ, जिम्बु, चिराइतो लगायत जडीबुटीबाट राजस्व सङ्कलन गरिएको हो ।

गत आव मनासलु क्षेत्रबाहेकका अन्य वनक्षेत्रबाट सङ्कलित ३५ हजार ५८२ केजी जडीबुटीबाट डिभिजन वन कार्यालयले सात लाख रु ४५ हजार ९८५राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले सबैभन्दा धेरै जटामसीबाट रु तीन लाख ५६ हजार २५०सङ्कलन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया