२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

रेशमका बुवा लालवीर चौधरी बने नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको छ। काठमाडौंको बानेश्वरमा बिहीबार बसेको राष्ट्रिय भेलाले प्रतिनिधि सभा सदस्यसमेत रहेका संरक्षक रेशम चौधरीका बाबु लालवीरलाई अध्यक्ष बनाउने निर्णय गरेको हो।

गत निर्वाचनमा लालवीर बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। निर्वाचित भएको केही समयमै उनी नाउपामा प्रवेश गरेका थिए।

यसअघि नाउपा अध्यक्ष संरक्षकसमेत रहेका रेशमको पत्नीसमेत रहेकी प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ थिइन्।

पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा अध्यक्ष श्रेष्ठ मुछिएकी थिइन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोलाएर स्पष्टीकरणसमेत सोधेको थियो।

विवादमा परेपछि अध्यक्ष रञ्जिताले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष दिएकी थिइन्।

श्रेष्ठले आफूलाई अवैध राष्ट्रिय भेलाले अध्यक्षबाट हटाउन नसक्ने दाबी गर्दै आएकी छन्।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।