Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पूर्वसहमति कार्यान्वयन नहुँदा बागमती प्रदेशमा समस्या आएको हो : प्रकाशमान सिंह

नेपाल न्युज बैंक
19 घण्टा अघि

काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले बागमती प्रदेशमा संसदीय दलको नेता परिवर्तनको अवस्था आउनुको कारण पूर्वसहमति कार्यान्वयन नहुँदाको परिणाम हो भनेका छन् । सहमति कार्यान्वयन नहुँदा दलका नेता परिवर्तनको अवस्था आएको औंल्याए ।

नेपाली कांग्रेस रामेछाप गुन्सी १ ले साउन १५ को खीर दिनको अवसर पारेर आयोजना गरेको कार्यक्रममा उपप्रधानमनत्री सिंहले भने,‘ ‘पार्टी सञ्चालन गर्दा साथीभाईबिच भएको सहमतिलाई त सबैले पालना गर्नुपर्छ नी । विश्वासको संकट भयो भने पार्टी राम्रोसँग अगाडि बढ्न सक्दैन । सहमति भएपछि सोही अनुसार अगाडि बढेको भए यसरी बाहिर आउँदैनथ्यो भन्ने कुरा सबैले बुझ्नुपर्दथ्यो, उपप्रधानमन्त्री सिंहले भने ।

उनले नेपाली कांग्रेस समावेशी संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको भन्दै कुने पदमा पुगेपछि सोही अनुसारको आचारण सिक्नुपर्ने भन्दै बागमती प्रदेशको निर्णय कुनै जात विशेषलाई हेरेर नभएको पनि प्रष्ट पारे ।

त्यस्तै उनले संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरु मिलेर बन्दा भएको सात बुँदे सहमतिलाई कम आँक्न नहुने पनि बताए ।

‘७ बुँदे सहमतिलाई कम नआँकौं । राजनीतिक स्थिरता ल्याउनका लागि दुई ठुला दल कांग्रेस र एमालेले अरु दललाई पनि समेटेर वर्तमान सरकार बनेको छ ,’ उनले भने,‘७ महिनामा सरकार परिवर्तन भएको भयै थियो । नागरिकले सरकार त टिक्दैन भने सरकारले अरु के गर्छ ? भनेर प्रश्न गरिरहनुभएको थियो । अहिले सरकारले स्थिरता पाएको छ । राजनीतिक स्थीरताकै जगमा नागरिकको जीवन र जिविका सहज बनाउन सरकारले काम गरिररहेको छ ।’

सिंहले पार्टीलाई  व्यवस्थित गरेर लैजानुपर्नेमा पनि जोड दिए । ०५६ सालदेखिनै पार्टीलाई विधिसम्मत र संस्थागत गरेर जानुपर्छ भनेर आफूले भन्दै आएको स्मरण गराउँदै उनले अहिलेको चुनौति सामना गर्नका लागि कांग्रेसलाई व्यवस्थित गर्नुपर्ने बताए ।

कार्यक्रममा रामेछापका नेताहरुले पार्टीभित्र अराकजता बढेको भन्दै पार्टीलाई विधिसम्मत चलाउनका लागि केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया